दफा २९
मध्यस्थद्वारा झगडाको निर्णय
: (१) सञ्चालक समिति, म्यानेजिंग डाइरेक्टर, संस्थानका कुनै पदाधिकारी वा कर्मचारीहरू मध्ये कसैको आपसमा भइराखेको शर्तनामा सम्बन्धमा कुनै झगडा भएमा सो झगडाको निर्णय अवस्था अनुसार नेपाल सरकारले तोकेको एकजना उच्च अदालतको न्यायाधीशले मात्र गर्नेछ ।
(२) निर्णयको लागि उपदफा (१) अन्तर्गत मध्यस्थको छेउ पठाइएको झगडाको सम्बन्धमा साँक्षी प्रमाण बुझ्ने पक्ष विपक्षलाई उपस्थित गराउने र लिखतहरू पेश गराउने कुरामा अदालतलाई भए सरहको अधिकार मध्यस्थलाई हुनेछ ।
(३) मध्यस्थको निर्णय अन्तिम हुनेछ र सबै पक्षहरू उपर मान्य हुनेछ । तर मर्का पर्ने पक्षको निवेदन परेमा उच्च अदालतले देहायको अवस्थामा मात्र सो निर्णयलाई रद्दी गरी अर्को निर्णय दिन सक्नेछ ।
(क) मध्यस्थले निर्णय गर्दा अनुचित आचरण देखाएको वा खास बदनियत देखिने गरी बेठीक निर्णय गरेको वा मनमानी गरेको भन्ने स्पष्ट देखिन आएमा वा
(ख) मध्यस्थको निर्णय सरासर कानून विरूद्ध भएमा ।